जोखिमका बस्ती सार्नेक्रम जारी

297
  •  
  •  
  •  

काठमाडौं, १७ साउन (ओएनएस) : पहिरोले सिन्धुपाल्चोकको सुनकोसी नदी थुनिँदा जोखिममा परेका सो क्षेत्रका वस्तीहरुलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ । नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा नदी छेछाउका वस्तीलाई सार्न थालिएको हो ।

सिन्धुपाल्चोकको जुरेमा शनिबार बिहान पहिरो गएको थियो । सो स्थानमा बाहिरोबाट बनेको स्थायी बाँधका कारण नदी थुनिएको छ । हाल नदी थुनिएर बनेको तालमा पानीको सतह बढिरहेको छ । अहिले १ बजेसम्म सो नदीको पानीलाई खुलाउने प्रयास जारी रहे पनि खुलाउन सकिएको छैन । पहिरोले करिब १ सय घर पुरेको छ भने हालसम्म ८ जनाको शव फेला परेको छ । यस्तै ४० जनाको जिवितै उद्धार गरिएको छ ।


  •  
  •  
  •