नदी खुलाउन चिनियाँ सहयोग लिने तयारी

154
  •  
  •  
  •  

सुन्दर श्रेष्ठ
सिन्धुपाल्चोक, १७ साउन (ओएनएस) : शनिबार बिहानैबाट पहिरोले थुनिएको सिन्धुपाल्चोकको सुनकोसी नदी खुलाउन चिनियाँ सहयोग लिने तयारी भएको छ । सरकारले बम विस्फोटबाट नदी खुलाउँदा नदी छेउछाउका वस्ती जोखिम हुने हुँदा सरकार बम विस्फोट नगराउने निश्कर्षमा पुगेको स्थानीय प्रशानले जानकारी दिएको छ ।

पहिरोले बनेको बाँध ३ बजेसम्म भरिने र त्यसपछि आाफै नदी खुल्ने भएकाले अहिले कुनै विस्फोट नगराइने भएको हो । नदीले कटान गरी नदी खुुल्ने भए पनि त्यसमा पनि जोखिम रहेकाले नदी खुलाउन चिनियाँ सहयोग माग्ने तयारी भएको जनाइएको छ । हाल घटनास्थलमा पहिरो खसिरहेको छ । सरक्षाकर्मी अहिले उद्धार कार्यमा लागि परेका छन् । सरक्षाकर्मीले सर्वसाधरणलाई घटनास्थलतर्फ जान दिएका छैनन् । सरकारका ४ वटै सुरक्षा निकाय परिचालन गरिएको छ ।


  •  
  •  
  •