सुनकोशी ताल फुट्यो (फोटोफिचर)

88
  •  
  •  
  •  

काठमाडौं २२ भदौ (ओएनएस) :  पहिरोका कारण थुनिएको सुनकोशी ताल फुटेको छ ।  साउन १७ गते राती जुरे पहिरोका कारण थुनिएको सुनकोशी ताल आज बिहानदेखि अकस्मात फुट्न थालेको छ ।

नेपालीको सेनाको लामो प्रयासबाट खोल्न नसकिएको नदी बिहान ४ बजेदेखि आफै फुट्न थालेको स्थानिय प्रशासनले जनाएको छ । ताल फुटेर पानी बाहिरिन थालेपछि अहिले तालको सतह झण्डै १५ मिटर छ । ताल फुटेपछि नदी छेउका नागरिकलाई सुरक्षित स्थानमा जान सूचना जारी गरिएको छ । ताल फुट्दा जनतामा त्रास फैलिएको छ ।

 तालको तल्लो तटीय क्षेत्रमा कुनै मानवीय क्षति केहि नभएपनि नेपाली सेनाको स्थायी क्याम्पमा नजिकै रहेको स्काभेटर बगाएको छ भने एउटा घरमा क्षति पुगेको सिन्धुपाल्चोकका प्रमूख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए ताल फुटेपछि आएको बाढीले सुनकोशी जलविद्युत् आयोजना पनि क्षति पु¥याएको छ । अब तालमा पानी धेरै नरहेको प्रमूख जिल्ला अधिकारी पराजुलीले बताए । तालबाट झण्डै १२÷१५ मिटर पानी घटिसकेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमूख जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार अहिले पानी नियन्त्रित रुपमै बगिरहेको छ । ताल भन्दा माथिल्लो क्षेत्रमा तालले पुरेको अरनिको राजमार्ग र सानिमा हाइड्रो पावर आयोजनाको भौतिक संरचना देखिन थालेको छ । राजमार्गको भण्डै ७ सय मिटर भन्दा बढी सडक देखिएको रिमालले जानकारी दिए ।

स्थानीयवासीले तटीय क्षेत्रमा छाडेका कतिपय मोटरसाइकल र सवारीसाधन बगाएको स्थानीयले जानकारी दिएका छन् । पाग्रेटारका बिष्णु माझिको बंगुर फर्म बगाएको छ । त्यसबाट ३ लाख बढीको क्षति पुगेको माझिले बताए । टनालगत्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र प्रहरी प्रमुख भरतबहादुर बोहोराको नेतृत्वमा ब्यापक सुरक्षा टोली घटनास्थल पुगेर उद्धारकार्य थालेको र क्षतिको बिवरण संकलन गरिरहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार अहिले सुनकोसी नदि तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीलाई माथिल्लो भेगमा सुरक्षित रुपमा बसोवास गर्न अनुरोध गरेको छ ।

यसैबीच अरनीको राजमार्ग भएर दोलखा, रामेछाप जाने यातायातका साधन सिन्धुपाल्चोक र काभ्रेको सिमा बन्देउमा रोकिएका छन् । राजधानीबाट बस छुटेपनि बन्देउबाट जान नसकेको अरनिको यातायात सेवा समितिका सचिव श्याम लामाले जानकारी दिनुभयो । खाडिचौर स्थित पुलको सहत भएर पानी बग्न थालेकाले यातायात सञ्चालन हुन नसकेको हो । पानीको बहाप बढेपछि सुरक्षित स्थानमा गएर वस्न प्रहरीले विहानैदेखि सुनकोशी नदी आसपासका नागरिकहरुलाई आग्रह गरिहेको छ । साउन १७ गते गएको पहिरोमा परी १ सय ५६ जनाको मृत्यु भएको थियो । नेपाली सेनाले यसअघि ताल फुटाउन विस्फोट गराएको र भारी वर्षाका कारण तल फुटेको हुन सक्ने अनुमान गरिएको छ ।

गत साउन १७ सिन्धुपाल्चोकको धुस्कुन गाविस जुरे भन्ने ठाउँमा भीषण पहिरो जाँदा सुनकोसी नदी बाँधकम वरिणत भएको थियो । अरनीको राजमार्ग छेउबाट बाग्ने सुनकोसी नदी माङखा गाविसको ड्याम साइड भन्ने स्थानमा थुनिएको थियो ।

राजगमार्गमाथिबाट आएकोे पहिरोले नदी थुनिएर जलाशयमा परिवर्तन भएको छ । नदी थुनिएपछि नेपाली सेनाले पटक पटक विष्फोट गराएर थुनिएको नदी खोल्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन् । उक्त पहिरोमा निकै ठुृलो जनधनको क्षति भएको थियो ।

तस्वीर सभार:  कपिल धितालको ट्वीटरबाट

ggg ggg3 ggg4 ggg5 ggg6 ggg7 ggg8 ggg9 gggg2


  •  
  •  
  •