अभिनेता सुनिल थापा अस्पताल भर्ना

69
  •  
  •  
  •  

 अभिनेता सुनिल थापा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई रुघा, खोकी, ज्वारोलगायतको समस्या देखिएपछि ललितपुरस्थित अल्का अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्य क्रमशः सुधार हुँदै आएको चिकित्कहरूले जनाएका छन् ।

‘मलाई ज्वरो, रुघा, खोकीलगायतको समस्याले सतायो,’ अभिनेता थापाले आफ्नो फेसकुबमा तस्बिरसहित स्ट्याटसमा भनेका छन् ।


  •  
  •  
  •