एजेन्सी । सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको निधन भएको छ। मुटु प्रत्यारोपण गरेको ६ हप्तामा ५८ वर्षका लरेन्स फसेटको निधन भएको हो। शुरुआती दिनमा सुँगुरको मुटुले राम्रोसँग काम गरेको थियो। तर पछिल्ला केही दिनयता भने मुटुले राम्ररी काम गर्न छाडेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले बताएको हो।
हर्ट फेलियर भएपछि उनलाई सेप्टेम्बर १४ मा फसेट अस्पतालमा भर्ना गरिएको थियो। मुटुको पुरानो रोगका कारण उनमा परम्परागत रुपमा मानव मुटु हाल्न नमिल्ने भएको थियो।
यस अघि सन् २०२२ को जनवरीमा ५७ वर्षका डेभिड बेन्नेटमा पनि सुँगुरको मुटु हालिएको थियो। सुरुमा केही समस्या नदेखिएपनि मुटु प्रत्यारोपण गरेको २ महिनामा उनको मृत्यु भएको थियो।