सुमित्रा महाजन सभामुख बन्ने

359
  •  
  •  
  •  

काठमाडौं, २२ जेठ (एजेन्सी) : भारतीय संसदका तल्लो सदन लोकसभाको सभामुखका लागि भारतीय जनता पार्टीकी नेतृ सुमित्रा महाजनकोमात्र उम्मेदवारी परेपछि उनी त्यहाँको सभामुख हुने लगभग निश्चित भएको छ । भारतमा लगातार दोस्रो पटक महिला सभामुख हुने भएका छन् । यसअघि कांग्रेस नेतृ मिरा कुमार त्यहाँको सभामुख थिइन् ।

सुमित्राको प्रस्तावकमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित १९ जना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि भाजपाका वरिष्ठ नेता लालकृष्ण आड्वाणी सभामुख बन्ने चर्चा थियो । तर, भाजपाको पछिल्लो पटकको निर्णयअनुसार सुमित्रा सभामुख बन्न लागेकी हुन् । हालै भएको आमनिर्वाचनमा भाजपाले बहुमत हासिल गरेको थियो ।


  •  
  •  
  •