सुमित्रा महाजन भारतीय सभामुख

297
  •  
  •  
  •  

काठमाडौं २३ जेठ (एजेन्सी) : भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ सुमित्रा महाजन भारतको सभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार भारतीय संसदको तल्लो सदन लोकसभाबाट उनी सभामुखमा निर्वाचित भएकी हुन् ।

भारतीय संसदमा शुक्रबार नयाँ सभामुखको निर्वाचन गर्ने कार्यक्रम थियो । तर उनको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भइन् । उनी सो पदमा निर्वाचित भएपछि बधाई दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय संसदमा एकजना लोकप्रिय नेता भएको र सबैसँग राम्रो सम्बन्ध स्थापना गर्नसक्ने व्यक्ति भएकोले निर्विरोध निर्वाचित भएको बताए ।
नवनिर्वाचित सभामुख महाजनले यसअघि सन् २००२ देखि २००४ सम्म रहेको भारतीय जनता पार्टी नेतृत्वको सरकारमा संघीय मन्त्रीका रुपमा पनि काम गरेकी थिइन् । उनी भारतको दोस्रो महिला सभामुख हुन् । यसअघि भारतीय काँग्रेसकी नेतृ मीरा कुमार सभामुख बनेकी थिइन् ।


  •  
  •  
  •