सुनमले ल्याए ‘उडाई दिउँकी मायालाई’(भिडियोसहित)

121
  •  
  •  
  •  

काठमाडौं । गायक सुमन तामाङको स्वर रहेको गीत ‘उडाई दिउँकी मायालाई’ सार्वजनिक गरिएको छ ।

सानै देखि गीत संगीतमा रुची राख्ने तामाङको यो पहिलो गीत हो । सागर विरहीको संगीत रहेको उक्त गीतमा गायक तामाङका साथै सरु राईको पनि स्वर रहेको छ ।

सागर विरही युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको लेखन र एरेन्ज पनि स्वयं विरहीकै रहेको छ । गीतको अडियो रेकर्डिङ तथा भिडियो सम्पादन संगम इन्टरटेन्मेन्ट प्रा.लि.मा गरिएको हो ।

गीतको सम्पादन रोशन गाहा मगरले गरेका छन् ।  गायक तामाङले गायनमा आफ्नो भित्री इच्छा भएकै कारण गीत संगीतको क्षेत्रमा होमिएको बताएका छन् ।

गीत दर्शकको रोजाइमा पर्नेमा आफू ढुक्क रहेको उनी बताउँछन् । पहिलो प्रयास स्वरुप दर्शक तथा श्रोताका लागि ल्याएको कोशेली ‘उडाई दिउँकी मायालाई’लाई माया गरिदिन उनले आग्रह गरेका छन् ।

भिडियो


  •  
  •  
  •