सुकुम्बासी आयोगको कार्यविधि संशोधन हुने

403
  •  
  •  
  •  

Sukumbasiकाठमाडौं, २ मंसिर (ओएनएस) : युवा तथा खेलकुद मन्त्री पुुरुषोत्तम पौडेलले सुकुम्बासी समस्या समाधान आयोगको कार्यविधि त्रुटिपूर्ण रहेको बताए । मंगलबार पशुपतिस्थित वनकाली धर्मशालामा भूमिहीन किसानहरूसँगको भेटमा मन्त्री पौडेलले आयोगको कार्यविधि भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने खालको बनाउन छिट्टै मन्त्रीपरिषद्बाट संशोधन कार्यविधि पारित गरिने जानकारी गराए ।
‘केही राजनीतिक दल तोकिएको समयमा संविधान जारी गर्न नदिने पक्षमा छन् । कुनै पार्टीको निहीत स्वार्थ पुरा गर्न देशलाई अनिर्णयको बन्दी बनाउन पाइदैंन ।’ पौडेलले भने ‘नयाँ संविधानमा भूमिहीन सुकुम्बासीहरूको आवासको अधिकार सुनिश्चत गर्न छलफल भइरहेको छ ।’

 मंगलबार नै धर्मशालामा पुगी एमाओवादी सचिव एवम् संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरलले नयाँ संविधानमा भूमिहीन किसानको समस्या हल हुने खालको संवैधानिक व्यवस्था नभए किसानसँगै सडकमा आन्दोलन उत्रिने चेतावनी दिए ।

धर्मशालामा एमाओवादी सचेतक रेखा शर्मा, सभासद्हरू कृष्णा धिताल, सीता नेपाली, लोचन खतिवडा, अन्जना चौधरी र पेसल खतिवडाले पनि पुगी भूमिहीन किसानको समस्यामाथि अन्तरक्रिया गरेका थिए ।

धर्मशालामा एमाले सभासद् विकास लम्साल, कमला घिमिरे, काँग्रेस सभासद् बुद्धिसागर चौधरी, तराई मधेसी लोकतान्त्रिकका अध्यक्ष राजकुमार गडरियाँ र स्वतन्त्र सभासद् अहत्तर कमाल पनि पुगी आन्दोलनरत भूमिहीन किसानसँग छलफल गरी नयाँ संविधानमा भूमि सुधारको मुद्दा स्थापित गराउन पहल गर्ने बताए ।

राष्ट्रिय भूमि अधिकार मञ्चको अगुवाईमा देशका ५४ जिल्लाका भूमि समस्या सवालका १०८ जना भूमिहीन किसान प्रतिनिधि संविधानमा भूमि अधिकारको ग्यारेण्टीको माग राखी ३ दिनदेखि आन्दोलनमा छन् । भूमिहीन किसानहरूले यसअघि एमाले अध्यक्ष केपी ओली र एमाओवादी उपाध्यक्ष नारायणकाजि श्रेष्ठलाई पनि भेटी भूमि सुधार पत्र बुझाएका छन् ।


  •  
  •  
  •