मैनालीको ‘शिलान्यास’ सार्वजनिक

842
  •  
  •  
  •  

काठमाडौं : समाजशास्त्री सुजित मैनालीको ‘शिलान्यास’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार सुधीर शर्मा, सामाजिक अध्यता गौरव केसी र अन्तर्राष्ट्रिय मामिलाविद्ध लिला न्याइच्याईले एकसाथ पुस्तकको सार्वजनिक गरेका हुन् ।

पुस्तकमा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको विजय अभियान, सो समयको जनजातिको संस्कृति र राजनीतिबाट परेको प्रभाव लगायतका बिषय पुस्तकले खोतल्ने प्रयास गरेको छ ।

अन्तर्राष्ट्रिय मामिला विज्ञ लिला न्याइच्याईले लेखक मैनालीले किताबमा अत्यन्त जटिल विषय समेटेर चुनौती पूर्ण कार्य गरेको बताइन् ।

सामाजिक अध्यता गौरवले इतिहासलाई छोटो समयमा बुझ्न किताव लाभदाय हुने बताए । शिलान्यासले इतिहासलाई पढ्न प्रेरित गर्ने लेखक तथा पत्रकार सुधिर शर्माले बताए । ‘करिब २५० वर्षको इतिहास ‘शिलान्यास’बाट नियाल्न बझ्न सकिने उनले बताए ।


  •  
  •  
  •