काठमाडौ, २७ पुस (ओएनएस) : ३ बर्षदेखि गौशलामा गुरुकुल नेश्नल उच्च मा.बि. सञ्चालन गर्दै आएका निर्देशकसमेत ३ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गुरुकुलका कार्यकारी निर्देशक काठमाडौं कपन बस्ने महोतरी जलेश्वर नगरकालिका-५ घर भएका ४३ वर्षीय सुजित सिंह, काठमाडौं महानगरपालिका-१० थापागाऊँ मगरटोल बस्ने प्रशासकिय प्रमुख ३१ वर्षीय सरोज राना मगर काठमाडौं जोरपाटी-२ बस्ने सर्लाही भक्तिपुर-८ घर भएका ३६ वर्षीय मनोजकुमार आचार्य रहेका छन् ।
उनीहरूले बिभिन्न व्यक्तिहरूलाई उच्च मा.बि.को शेयर दिने दिलाउने भनि शिक्षक, कर्मचारी आदिलाई दिनुपर्ने पारिश्रमिक नदिई झुक्याई बिभिन्न पक्षहरूलाई सेवा शुल्कबापत नियमअनुसार दिनुपर्ने रकमसमेत नदिई ठगी गरेको जाहेरी परेपछि ब्युरोबाट उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी ठगी तथा सरकारी छाप दस्तखत किर्ते मुद्धामा आवश्यक अनुसन्धान भइरहेको छ ।