हटाइएकी भारतीय पूर्व विदेश सचिव सुजाता भन्छिन्, ‘सरकारले मेरो प्रतिष्ठामा ठेस पुर्यायो’

374
  •  
  •  
  •  

sujata-singhकाठमाडौ, १७ माघ(एजेन्सी) : नेपाललगायतका विभिन्न छिमेकी राष्ट्रसँगको नीतिबारे स्पष्ट धारणा तथा योजना तर्जुमा गर्न नसक्दा अचानक हटाइएकी पूर्व विदेश सचिव सुजाता सिंहले नरेन्द्र मोदी सरकारले आफनो प्रतिष्ठामाथी नोक्सान पुर्याएको बताएकी छिन् ।

सुजाता सिंहले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै सरकारले आफ्नो प्रतिष्ठामा ठेस पुर्याएको र उनको कामको पुरानो रेकर्डहरूलाई नजरअन्दाज गरिएको बताएकी छिन् । सुजाताले केन्द्र सरकारसँग ‘यस्तो गर्न जरुरी थियो ?’ भन्ने प्रश्न राखेकी थिइन् ।

सुजाताले अन्तरवार्ताका क्रममा आफ्नो दुःख बताउँदै सरकार यो विषयलाई राम्रोसँग टुङग्याउन सक्थ्यो तर, अचानक रातारात भएको यस्तो निर्णयले आफू मर्माहत भएको बताएकी छिन् । सुजाताले यो सरकारले पछिल्लो ८ महिनामा विदेश नीतिलाई लिएर जतिपनि काम गरेको छ, त्यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजलाई मात्र क्रेडिट दिन नमिल्ने दावी गरेकी छिन् । उनले यसमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । सुजाताले भनिन्, ‘अमेरिकासँग भएको न्युक्लियर सम्झौतामा पनि उनले कयौ महत्वपूर्ण सल्लाह प्रधानमन्त्री तथा विदेश मन्त्रीलाई दिएको छु । तर, त्यसका लागि मैले कहिल्यै पनि क्रेडिट नमाएको बताएकी छिन् ।

सुजाताले गत वर्ष उनले विदेश सचिव पदबाट हटेर कुनै देशको राजदुत या अन्य कुनै स्थानमा सम्मानजनक भूमिका लिन प्रस्ताव मिलेको थियो, तर त्यसबेला उनले उक्त प्रस्तावलाई टुक्राएको भन्दै आफूले एक सम्मानजनक बिदाई चाहेको बताएकी छिन् ।

गत बुधबार सरकारले अचानक सुजाता सिंहलाई उनको पदवाट हटाएर एस जयशंकरलाई देशको नयाँ विदेश सचिव नियुक्त गरेको थियो ।

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •