पाँच विकास क्षेत्रलाई नै संघीय ढाँचामा परिवर्तन गुर्नुपर्छ : सुजाता

71
  •  
  •  
  •  

काठमाडौं, १८ असोज (ओएनएस) : कांग्रेस नेतृ सुजाता कोइरालाले राज्य पूनसंरचना गर्दा विकेन्द्रिकरण सहितको पाँच विकास क्षेत्रलाई नै संघिय ढाँचामा रुपान्तरण गर्नुपर्ने बताएकी छिन् ।

रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेतृ कोइरालाले राज्यको पूर्नसंरचना गर्दा अहिलेकै जस्तै पाँच विकास क्षेत्रलाई विकेन्द्रिकरण हुनेगरि उत्तर–दक्षिण कोरिडोर खुल्ला गरेर संघिय पदेश बनाउनुपर्र्नेे प्रष्ट पारेकीछिन् ।

उनले संघिय राज्य बनाउँदा धेरै कुराको सोच विचार गर्नुपर्छ , संविधान जारी गर्नको लागि संघिय प्रणालीमा जान सहमती जान दलहरुवीच सहमती नभए त्यसलाई थाति राखेर भएपनि माघ ८ गते नै संविधान जारी गर्नुपर्नेमा जोड दिएकी छिन् ।

बोल्दै नेतृ कोइरालाले जातीयताले मुलुकको हित नगर्ने स्पष्ट पार्दै राष्ट्रिय हित हुनेगरि नै अहिलेकै जस्तै पाँच विकास क्षेत्रलाई राज्यको पूर्नसंंरचना गर्नुपर्ने धारणा राखेकी हुन् । तत्कालीन पार्टी सभापति गिरिजा प्रसाद कोइरालाले पनि पाँच विकास क्षेत्रमा नै आधारित उत्तर–दक्षिण खुल्ला रहनेगरि संघीय प्रदेश बनाउन सुझाव दिएको स्मरण गर्दै कोइरालाले सोही अनुरुप हुनुपर्ने अडान लिएकी हुन् ।

उनले गिरिजा बाबुले केन्द्रिय कार्यसमितिको बैठकमा भन्नुभएको भनाई उद्धृत गर्दै भनिन्– यदि मेरो भावना अनुरुप राज्य प्रदेश बनेन भने मेरो लासमाथि कुल्चिएको सरह हुनेछ,’’–सुजाताले भनिन ।

कोइरालाले भनिन्–‘‘देशको विकासका लागि पनि हामीले उत्तर–दक्षिण कोरिडोर सँधै खुल्ला हुने खालको राज्यको पूर्नसंरचना गर्नुपर्छ । संघियताको नाममा नेपाललाई कसैले पनि फूटबल खेल बनाउनुहुँदैन । ’’

कोइरालाले अधिकार सम्पन्न संघियता बनाउने नाममा जातीयताको आधारमा गए मुलुकमा भाँडभैलो मच्चिने बताउँदै कसैले पनि आफ्नो हित हेर्न नहुने सुझाव समेत दिएकीछिन् । उनले संघियता केन्द्रलाई बलियो बनाउने भन्दा पनि गाउँलाई बलियो बनाउने खालको अधिकतम सम्पन्न ग्रामिण विकास हुनुपर्ने समेत बताएकीछिन् ।

यद्धपी शासकीय स्वरुपमा भने कोइरालाले जस्तो सुकै मोडल अपनाए पनि कम्तीमा पनि एउटा सरकारले पाँच वर्ष शासन गर्न पाउनु पर्ने व्यवस्था हुनुपर्ने धारणा राखेकी छिन् ।


  •  
  •  
  •