काठमाडौं १६ भदौ (ओएनएस) : दैविक प्रकोप नियन्त्रण र त्यसका उपायहरुका बारे छलफलमा भाग लिन इन्डोनेसियाको बालीमा गएकी नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले प्राकृतिक प्रकोपसँग जुध्नका लागि वातावरण संरक्षण अनिवार्य रहेको धारणा राखेकी छन् । संयुक्त राष्ट्रसंघको छैटौं एलाईन्स अफ सिभिलाईजेशनको सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै ईन्डोनेशियाको बाली गएकी कोईरालाले सम्मेलनलाई सम्बोधन गर्दै दैविक प्रकोप न्युनिकरण र विश्वव्यापी वातावरणीय परिवर्तनलाई रोक्न सवैको सहयोग अपरिहार्य रहेको बताइन् ।
उनले पछिल्लो समय नेपालको सिन्धुपालल्चोक लगाएत देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र त्यसले जनमानसमा पारेको क्षतिको सम्मेलनमा उल्लेख गर्दै जैविक विविधतामाथिको अतिक्रमणले गर्दा प्राकृतिक प्रकोप जस्ता ठुला ठुला दुर्घटना हुन गएकाले जैविक विविधता संरक्षण गर्नका लागि विश्व समुदायनै एक जुट हुनुपर्नेमा जोड दिइन् । नेतृ कोईरालाले विश्वभरी नै परेको वातावरणीय असर र जैविक विविधताका बारेमा सन्देश मुलक कार्यक्रम विश्व समुदाय माझ ल्याउनुपर्ने बताइन् ।
सम्मेलनमा उनले शान्त्ति र स्थाइत्व नभएसम्म जैविक विविधतामा समेत विचलन आउने गिरिजाबाबुको भनाइलाई दर्शाउँदै शान्ति स्थाइत्व हुन आवश्यक रहेको उनले जनाइन ।
उक्त कार्यक्रममा संयुत्त राष्ट्रसंघका महासचिव वानकी मुनले जैविक विविधतालाई संरक्षण गर्न सकेको खण्डमा मात्रै दैविक प्रकोप नियन्त्रण गर्न सक्ने उल्लेख गरे । उनले संस्कृतिक विविधता (अनेकता) लाई एकताको शुत्रमा बाधेर संस्कृतिको संरक्षण गर्न सकिने र संस्कृति मार्फत प्रकृतिको संरक्षण गर्न सकिने धारणा राखेको थिए । सम्मेलनमा ईन्डोनेसियाका राष्ट्रपति सोहि राष्ट्रका परराष्ट्रमन्त्री, स्पेनका परराष्ट्रमन्त्री र युएनएओसीका उच्च अधिकारीहरुको पनि सहभागीता रहेको थियो ।