‘अब गणितीय रूपमा अगाडि जानुपर्छ’: नेतृ कोइराला

184
  •  
  •  
  •  

sujata koiralaजनकपुर, २८ चैत्र(ओएनएस) : नेपाली कांग्रेसकी प्रभावशाली नेतृ सुजाता कोइरालाले तोकिएको समय भित्र लोकतान्त्रिक संविधान जारी गरी मुलुकलाई आर्थीक क्रान्तिको बाटोमा लैजानु पर्ने बताएकी छिन् ।

जनकपुरको कपिलेश्वर १६ मा निर्मीत विश्व विवेकानन्द शिक्षा सदनको शनिवार उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेकी नेतृ कोइरालाले संविधान जारी गरी मुलुकलाई आर्थिक क्रान्तिको बाटोमा लैजानु पर्नेमा जोड दिएकी छिन् । उनले प्रधानमन्त्री सुशील कोईरालाले पार्टी सभापतिमा उम्मेदवारी नदिए आफु अगाडि आउने बताइन् ।

आफू सभापति पदका लागी योग्य र सक्षम व्यक्ति भएको जनाउँदै सुशील कोइरालाले उम्मेदवारी नदिए सभापति पदमा लड्ने स्पष्ट पारिन् । नेपाली जनताको जीवनस्तर उकास्न पनि समयसिमा भित्रै संविधान जारी गरी आर्थिक क्रान्त्तिमा लाग्न सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गरेकी छिन् ।

सहमतिका नाममा धेरै समय खेर फालेको जनाउदै नेतृ कोइरालाले अब गणितिय रुपमा अगाडि जानुको विकल्प नरहेको स्पष्ट पारिन् । राजनीतिक दलका नाममा हुने गरेको बन्द हड्ताललाई जनताले रुचाउन छाडिसकेका छन् कोइरालाले भनिन्, ‘बन्द, हड्ताल, चक्काजाम जस्ता अराजनीतिक गतिविधि र जन–विरोधी कार्यलाई सधाको लागि अन्त्य गर्नुपर्छ ।’ नेतृ कोइरालाले गरिबी निवारण, बेरोजगारीको अन्त्य र शान्ति स्थापना भएकाले राज्य संयन्त्रमा सबैको प्रतिनिधित्व हुनेगरी समावेशी सहभागिता गराउनु पर्नेमा जोड दिइन् ।


  •  
  •  
  •