सभापतिमा उम्मेद्वारी दिने सुजाताको घोषणा

216
  •  
  •  
  •  

दाङ २१ पुस (ओएनएस) : कांग्रेस नेतृ सुजाता कोइरालाले सभापति उदमा उम्मेद्वारी दिने भएकी छन् । उनले आसन्न ३१औं महाधिवेसनका लागि सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् ।

नेपाल प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा कोइरालाले स्वर्गीय गिरीजाप्रसाद कोइरालाको योजना सफल पार्न पनि आफुले सभापतिमा उम्मेद्वारी दिन लागेको बताइन ।

एकतालाई मन्त्र बनाएर प्रजातन्त्र बलियो पार्ने स्वर्गीय कोइरालाको योजना समाप्त पार्न पार्टी भित्रैबाट खेल सुरु भएको पनि उनले बताइन ।


  •  
  •  
  •