सुजाता भन्छिन् : कि सुशील कोइराला कि म पार्टी सभापति

208
  •  
  •  
  •  

sujata koiralaजनकपुर,२७ चैत (ओएनएस) : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी १३औं महाधिवेशनमा आफुले सभापति पदमा उम्मेदवारी दिने बताएकी छन् । जनकपुरमा पत्रकारसँग कुरा गर्दै कोइरालले सुशील कोइरालले दाहोर्याएर उम्मेदवारी दिएमा भने आफू सभापतिको उम्मेदवार नबन्ने बताइन् ।

‘सभापतिको लागि चाहिने सम्पूर्ण योग्यता र क्षमता मसँग पनि छ, अन्तर्राष्ट्रिय सुमदायसँग पनि राम्रो समन्वयन गर्नसक्ने क्षमता छ । पार्टीमा हाम्रो पुस्ताको लगानीले पनि मलाई धेरैले सभापति बनेर कांग्रेसको नेतृत्व सम्हाल्न भनिरहेका छन् ।’, कोइरालाले भनिन् । उनले आफू सभापति भए कांग्रेसलाई सशक्त र सक्षम पार्टीका रुपमा स्थापित गर्ने दाबी गरिन ।

नेतृ कोइरालले सहमतिका नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाइरहनु नहुने भन्दै मुलुकमा संक्रमणकाल लम्बिन नदिन प्रक्रियाबाटै संविधान निमार्ण कार्य अघि बढाउन सत्तारुढ दले तयारी थालेको बताइन ।

सहमतिको नौटंकी गरेर मुलुकलाई लामो समयसम्म अन्यौलमा राख्न नमिल्ने भन्दै उनले मुलुकको राजनीतिक उपचार संघीयता रहेको र सबै राजनीतिक समस्या संघीयतामै अडकेकोले यसलाई थाति राखेर भएपनि नयाँ संविधान जारी गर्नुपर्ने बताइन । पाँच विकास क्षेत्रलाई नै संघीय राज्यको रुपमा रुपान्तर गर्दा गर्नु सबैभन्दा उत्तम विकल्प हुने उनको सुझाव थियो ।


  •  
  •  
  •