विपक्षी दलको आन्दोलनको घोषणा राष्ट्रघाती : नेतृ कोइराला

338
  •  
  •  
  •  

sujata koiralaसुनसरी, ९ पुस (ओएनएस) : संविधान निर्माणको तोकिएको अन्तिम मिति नजिकिदै गर्दा दलहरुबीच आरोप प्रत्यारोपले तीब्र रुप लिएको छ । राजधानीमा शीर्ष नेताहरुबीच चर्का चर्की जारी रहदा सुनसरी पुगेकी काँग्रेस नेतृ सुजाता कोइरालाले विपक्षीमाथि राष्ट्रघात गर्न खोजेको आरोप लगाएकी छिन् ।

नेपाल महिला संघ सुनसरीको जिल्ला अधिबेशनको उद्घाटन गर्दै बुधबार नेतृ कोइरालले जनताको संविधान पाउने अधिकार माथी कसैलेपनि हनन गर्न नहुने तर्क राख्दै  एमाओवादी र मधेश केन्द्रीत राजनीतिक दलहरुले आन्दोलनको मोर्चा बनाएर संविधान बन्न नदिने खेल रचेको आरोप लगाइन् । संविधान जारी गर्ने समय सिमा दिन गन्तिमा आइसकेकोले उनहिरुले दिएको धम्की राष्ट्रघाती भएको उल्लेख गरिन् ।

संविधान बन्न नदिने उनीहरुको धम्कीको डरमा कांग्रेस–एमाले पर्न नहुने नेतृ कोईरालाको भनाई रहेको छ । नेतृ कोइरालाले कसैको धाक धम्कीको भरमा मुलुक चल्न नसक्ने भन्दै मुलुकलाई दिको शान्त्ति र लोकतन्त्रको पक्षमा हिडाउन माघ ८ मै लोकतान्त्रीक संविधान जारी गरिनु पर्नेमा जोड दिनु भयो । उनले सहमति हुन वाँकि रहेका विषयमा सहमतिको प्रयास गर्दै जाने र अन्तिमसम्म पनि सहमतिको प्रयास असफल भए प्रक्रियामा जानु पर्नेमा जोड दिइन् । जनताले विश्वासका साथ लोतान्त्रीक संविधान जारी गर्न कांग्रेस एमालेलाई बहुमत दिएको दोहो¥याउदै यस्तो अवसरलाई खेर फाल्न नहुने पनि धारणा राखिन् ।


  •  
  •  
  •