पार्टीलाई बहुपद्धतिमा लैजान आवश्यक : सुजाता

176
  •  
  •  
  •  

विराटनगर, १० फागुन(ओएनएस) : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी अधिवेशनबाट पार्टीलाई बहुपदीय पद्धतिमा लैजानुपर्ने बताएकी छन् ।

नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेतृ कोइरालाले देश संघियतामा गएकाले पार्टीलाई बहुमतीय पद्धतीमा लैजानुपर्ने बताएकी हुन् । कोइरालाले मगंलबार पार्टीको केन्द्रीय समिति बैठकले बदलिँदो परिस्थितिमा कांग्रेसका नेताहरूलाई सक्रिय बनाउन पनि जिम्मेवारी दिनुपर्ने भएकाले पद थप गर्नुपर्ने बताउनुपर्ने बताइन् ।

अहिलेको अवस्थाबाट संगठनलाई अगाडि बढाउन नसकिने भन्दै उनले उपसभापति, महामन्त्री लगायतका पद बढाउनुपर्ने आवश्यकता औल्याइन् । देश संघीयतामा जान लागेको अस्वथामा पदसंख्या बढाउनै पर्ने उनको दावी छ ।

उनले आगामी महाअधिवेशनमा सभापतिमै उमेद्वारी दिने आफूले तयारी गरिरहेको बताइन्। पार्टीका अन्य नेताहरूसंग पनि सहमति लिन छलफल भइरहेको बताउँदै रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतका नेताहरूको सहयोगमा उमेद्वारी दिने तयारी गरिरहेको जानकारी दिइन् ।

उनले भनिन्, ‘मेरो उम्मेदवारी अहिलेसम्म सभापतिमा नै हो । तर, म पार्टीलाई नराम्रो हुने र क्षति हुन काम गर्दिनँ । सबैको सल्लाह अनुसार अगाडी बढ्छु ।’


  •  
  •  
  •