सुजाता भन्छिन् : नमुना बस्तीको विकास गरौं

227
  •  
  •  
  •  

काठमाडौं, २२ असार (ओएनएस) :  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नमुना गाउँको रुपमा बस्तीहरुको विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९२ औं जन्म जयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष समेत रहेकी कोइरालले गिरीजालाई सम्झदै मस्यौदा पारित भएसंगै संविधान आउने बाटो खुल्ला हुने बताउँदै आगामि दिनमा आउने नयाँ पुस्ताको भबिश्य उज्जल बनाउन सबै मिल्नुपर्ने धारणा राख्नुभयो ।

गिरिजाप्रसाद कोइराल फाउन्डेसनकी अध्यक्ष कोइरालाले भुकम्पपछि नमूना गाँउ निर्माणका लागी चिनका ठुला दुई कम्पनीहरुसंग सम्झौता भैसकेको जनाउदै संस्कार, संस्कृति र पहिचान झल्कने गरि नमूना गाँउहरुको निर्माण गरिने स्पष्ट पार्नु भयो । चिनमा उल्लेख्य योगदान पुर्याएका कम्पनीहरु आफ्नो संझौता भएको भन्दै बस्ती निर्माण गर्दा उपयुक्त ठाउँहरुको छनोट गर्ने जानकारी समेत दिनुभयो ।

सोहि कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रस्तुत कर्ता जिवराज पोखरेलले घर बनाउदा कस्तो किसिम र कहाँ बनाउदै छु भन्ने कुराको राम्रो ख्याल गरेर मात्रै बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर जगदिशचन्द्र पोखरेल, योजना आयोगका सदस्य सोणिम वाग्ले, प्रधानमन्त्रीको सल्लाहकार डाक्टर विजन पन्त लगायतले भुकम्प पछिको पुनर्निमाण र नवनिर्माणमा केन्द्रीत रहेर आफ्ना भनाइ राख्नु भएको थियो ।


  •  
  •  
  •