राजनीतिक सहमतिमै ८ माघमा संविधान : सुजाता

67
  •  
  •  
  •  

विराटनगर, २ कात्तिक (ओएनएस) : कांग्रेसकी नेतृ सुजाता कोइरालाले राजनीतिक दलहरुले सहमतीय प्रक्रियाबाटै माघ ८ गते भित्रमा संविधान जारी गर्ने बताएकी छन् ।

दिपावली तथा छठ पर्वको अवसरमा मोरङमा आयोजित चियापान कार्यक्रममा कांग्रेस विदेश विभाग प्रमुख समेत रहेकी कोइरालाले कोइरालाले सहमति मै ८ माघमा संविधान जारी हुने बताएकी हुन् । उनले हर प्रयास गरेर दलहरु सहमतिको बाटो खोजिरहेको भन्दै अन्तिम अवस्थामा पुगेर भएपनि सहमतिमै संविधान आउने बताएकी हुन ।

संविधान निर्माणमा देखा परेका विवादित विषयहरुको समाधान खोज्न दलहरु निरन्तर छलफलमा जुटिरहेको उनको भनाइ थियो । नेतृ कोइरालाले प्रमुख पाटो सहमतिकै रहेको र यदि सहमति नहुने अवस्था आएको खण्डमा राजनीतिक दलहरुले विगतमा गरेको प्रतिवद्धता अनुसार बहुमतीय प्रक्रियामा गएर भएपनि संविधान जारी गरेरै छाड्नु पर्ने जिकिर गरिन ।


  •  
  •  
  •