गद्दारी गरेको प्रमाण देखाउन सुजाताको चुनौति

61
  •  
  •  
  •  

काठमाडौं, १८ असोज (ओएनएस) नेपाली काँग्रसकी केन्द्रिय सदस्य सुजाता कोइरालाले आफुलाई गरिएको अनुशासनको कारबाही तत्काल फिर्ता लिन पार्टी सभापति सुशिल कोइरालालाई आग्रह गरेकछिन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनले भनिन्–अनुशासन समितिको नाममा म लगायत १८३ जनालाई गरिएको कारबाही पूर्बाग्राही छ, यो कसैबाट निर्दैशित योजनावद्ध कार्य हो ।,
उनले कआफ्नो चरित्र हत्या गर्ने उद्येश्यले कारबाही भएको भन्दै आपत्ति प्रकट गरेकीछिन् । उनले आफुलाई गरेको कारबाहीवारे आजै पार्टी सभापति एवम प्रधानमन्त्री सुशिल कोइरालालाई भेटिसकेको पनि जानकारी दिईन् ।

उनले भनिन्–‘‘कारबाहीको कारण प्रमाण सहित दिनुपर्छ, यो एउटा पक्षलाई अर्को पक्षले गरेको कारबाही हो । आमोद प्रसाद उपाध्यायले अनुशासन समितिको नाममा जुन किसिमको हामीलाई कारबाही भएको छ, यो विग्रिएको मानसिकता भएकाले गरेको कारबाही हो । हामीलाई अमान्य छ । तत्काल फिर्ता लिनुपर्छ । मैले गिरिजा प्रसाद कोइरालाको क्षेत्रमा कहिल्यै पनि चुनाव हराउने काम गरेको छैन्, प्रमाण देखाईदिए म जस्तोसुकै सजाय भोग्न पनि तयार छु । ’’


  •  
  •  
  •