जसले सिन्धुपाल्चोकको पहिरोमा परिवारै गुमाए

345
  •  
  •  
  •  

सम्झना गैरे, काठमाडौं १७ भदौ (ओएनएस) : कक्षा दशमा पढ्ने सुजन तामाङले साउन १७ गतेको पहिरोमा आफ्नो सम्पुर्ण परिवार गुमाए । उमेरले १५ बर्ष मात्र पुगेका यी बालक पहिरो गएको अधिल्लो दिन सानीमाको घरमा पुगेका थिए । बिद्यालय बिदा हुँदा सानीमाको घरमा गइरहेने तामाङ भन्छन्, ‘म घरबाट कही नगएको भए परिवारसँगै मर्थे आनन्द हुन्थ्यो ।’ दिनरात उनका आँखा रसाइरहेका छन् । परिवारमा सबैका प्यारो भएर बसेका उनलाई साउन १७ गतेको दिन कालो रात भएको छ ।

तामाङलाई साउन १७ को रातले परै पुर्यायो । उनी घरबाट ३ घण्टाको दुरीमा पर्ने सानीमाको घरमा गएका थिए । आमाबुबा र हजुरबुबाको प्यारो नाती भोलीपल्टै फकिन्छु भन्दै घरबाट निस्किए, तर त्यो भोली कहिल्यै आएन । दिन त बदलियो तर आफ्नो आफन्तको अस्तित्व समेत नरहने गरी उनको जीवनमै पहिरो आयो त्यतीबेला । पहिरोमा सबैले केही न केही गुमाए तर सुजनले परिवारनै गुमाए ।

ओएनएससँग कुरा गर्दे उनले आफ्ना बुबा आमा र हजुरबुबाको सम्झनाले सताएको कुरा भक्कानीदै भने, ‘मेरो अव कोही पनि छैन ।’ विद्यालयले बनाएको अस्थाइ शिबिरमा बस्दै आएका उनलाई शिबिरनै मसान्घाट जस्तो लाग्छ । ‘सबै साथीहरुसँगै बसेका छौ यहाँ, तर सबैको धेरै थोक गुमाएकाछन् । हामीलाई हरेक क्षण आफ्नो परिवारको झझल्कोले पोल्छ’ भन्दै उनी रुन थाले ।

लामोसाँघु माङ्खा १ वनसाँघुमा २४ बर्षअघि आफ्नै बलबुतामा खोलेको मावि बिद्यालय कुनठाँउमा थियो स्थानियबासीले अनुमान लगाउन त सक्छन् तर खुट्याउृन सक्ने अवस्थामा छैनन् । साउन १७ गते राति जुरेमा खसेको पहिरोले यो स्कुलको नामोनिसान नरहने गरी पुरिदिएको छ । स्थापनाकालदेखि स्कुल चलाएका प्रधानाध्यापक बलराम तिमल्सिना बिद्यालय कँहा थियो होला भनेर दिनरात टुलुटुलु हेर्छन तर छुट्याउन सक्दैनन् । भवनमात्र होईन ३१ बिद्यार्था समेत त्यही पहिरोमा परे । बिद्यालय र पिडितका लागि सहयोग जुटाउन गाउले भौतारिएका छन् । सहयोगका हात बढ्दै गएपनि स्थानियको आशु सुकेको छैन ।

त्यसमा पनि आफ्नो परिवार र साथीसंगी गुमाएका बालबालीकाको मानसिक अवस्था कमजोर बन्दै गएको छ । पहिरोले दिएको पिडाको टाटो बाकीनै छ तर बिद्यार्थीको भबिष्य अन्योल नहोस भनेर स्थानियबासी र बिद्यालय टिमको अग्रसरतामा पाल हालेर कक्षा संचालनमा आएको छ ।एक महिना देखि संचालनमा आएको अस्थाई बिद्यालयको पुनः निर्माणको बिषय भने अन्योलमा छ । छाप्रोमा दुई देखि ५ कक्षासम्मको कक्षा संचालन हुदै आईरहेको छ भने खाली चौरमा नौ र दश कक्षा चलाउदै आएको छ ।

द ह्वाइजोन नेपालले दैविप्रकोप राहत जोन कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पिडितलाई गायिका आस्था रावतले संयुक्त रुपमा तीन लाख बिद्यालयकका प्रध्यानाध्यापकलाई हस्तान्तरण गरेकाछन् ।

तस्विर : कविन अधिकारी

IMG_6156

IMG_6043

IMG_6045

IMG_6064


  •  
  •  
  •