माओवादी सचिव विप्लपका छोरा र भतिजिद्धारा ‘सुसाइड नोट’ लेखेर आत्महत्या प्रयास

92
  •  
  •  
  •  

काठमाडौ, ८ भदौ (ओएनएस) : नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द ‘बिप्लवका’ छोरा १७ बर्षका नक्षेत्र चन्दको कोठाबाट सुसाइड नोट फेला पारेको छ । चन्दको छोरा नक्षेत्र र भतिजी १६ बर्षकी मञ्जु चन्दले आफै विष सेवन गरेको खुलेपछि अनुसन्धानका क्रममा सुसाइड नोट नोट पनि फेला परेको हो ।

प्रहरी अनुसन्धानबाट उनीहरुले आफैविष पिएको खुलेको छ । चन्दका छोरा नक्षेत्रले ‘सुसाइड नोट’ पनि लेखेका छन् । नोटमा सरी अब हामी बाच्न सकेनौ भन्ने ब्यहोरा उल्लेख गरेपनि त्यसको कारण भने खुलेको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार नोटमा उल्लेख भएको ब्यहोराले प्रष्ट संकेत नदिएपनि थप अनुसन्धान भइरहेको छ ।

अहिले बिहान चन्दकी भतिजी मन्जुको कोठामा पनि प्रहरीले खोजतलास गर्दैछ । मन्जु ललितपुरको ग्वार्कोमा कोठामा लिएर बस्छिन् । तर, स्वास्थ्य अनुसन्धानको अन्तिम रिपोर्ट भने अझै आइसकेको छ । परिवारले भने अरूले बिषाक्त वबस्तुको सेवन गराएको दावी गरिरहेको छ । ‘हाम्रो अनुसन्धानबाट उनीहरु आफैले विष पिएको खुलेको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले ओएनसलाई भने ‘तर स्वास्थ्य परिक्षणका लागि शिक्षण अस्पतालमा पठाएको रिपोर्ट आएपछि अझ यकिन हुनेछ ।’ उनीहरुको चावहिल स्थिति ओम अस्पतालको आईसियु कक्षमाा उपचार भइरहेको छ ।

चन्द बस्दै आएको चावहिल मैजुबहाल स्थित घरको चौथो तल्ला उनीहरु बेहोस अवस्थामा भेटिए पछि मन्जुकी दिदी सर्वत्रा चन्दले ट्याक्सीमा राखेर ओम अस्पताल पुर्याएकी थिईन् । अचेत अवस्थामा शनिबार साँझ अस्पताल पुर्याइएका दुवै जनाको राती १० बजे होस खुलेको थियो ।

अस्पताल स्रोतका अनुसार उनीहरुलाई गराइएको बान्तामा मेटासिटको गन्ध आएको छ । यसले मेटासिट प्रयोग गरेको हुनसक्ने अनुमान अस्पतालले गरेको छ । माओवादी सचिव चन्द काठमाण्डौं बाहिर रहेको बताइएको छ । शनिवार साँझ माओवादी महासचिव रामबहादुर थापा अस्पताल पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए ।


  •  
  •  
  •  

Comments are closed.