एसएलसी फेल हुँदा तीन जनाले गरे आत्महत्या

196
  •  
  •  
  •  

काठमाडौँ, ६  : असार एस.एल.सी. परिक्षामा असफल भएको कारण रुपन्देही , तनहुँ र धादिङमा तीनजनाले झुण्डिएर तथा बिष सेवन गरी आत्महत्या गरेका छन् ।

रुपन्देही बुटवल नगरपालिका–८ बस्ने १७ बर्षीया ममता पभरले शुक्रबार साँझ एस.एल.सी. परिक्षामा असफल भएको कारण सेल्फास नाम बिषादी सेवन गर्दा असक्त भएकोले किम्सन अस्पताल मणिग्राम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यसैगरी तनहुँ भानु–२ तिलहार बस्ने १७ बर्षीया मनिषा पाण्डे शनिबार एस.एल.सीं परिक्षामा असफल भएको कारण आफ्नै घरको माथिल्लो तलाको बलोमा चुन्नीको पासो लगाई झुडिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् ।

यता धादिङ मैदी–८ देविस्थान बस्ने १७ बर्षीय सुनिल भारती शुक्रबार एस.एल.सीं परिक्षामा असफल भएकोले सोही ठाउँको केरावारी जंगलको रुखमा डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।


  •  
  •  
  •