काठमाडौ, ११ असोज(एजेन्सी) : अफगानिस्तानको पूर्वी अशांत प्रान्त पकतिकामा एक खेलका क्रममा भएको आत्मघाती हमलामा कम्तिमा ९ जनाले ज्यान गुमाएका छन् ।
प्रहरीका अनुसार यो आक्रमणमा केही मानिस घाइते भएका छन् । घाइतेमध्ये धेरै बच्चा रहेका छन् । यस घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् ।
प्रान्तीय प्रहरी प्रमुख जारावर जाहिदले भने, ‘शत्रुहरूले एक मोटरसाइकलमा विस्फोटक पदार्थ राखेको थियो र यसलाई भलिबल मैदान नजिकै विस्फोट गरिदिएको थियो ।’
तर, समाचारमाध्यममा उक्त स्थानमा कुन खेल भईरहेको थियो भन्ने प्रष्ट हुन सकेको छैन् । कसैले भलिवल, कसैले क्रिकेट त कसैले फुटबल खेल चलिरहेको बताएका छन् ।
तालिवानले पनि घटनामा आफ्नो संलग्नता नभएको जनाएको छ ।