१० वर्षीया बालिकाले बमले उडाइन् आफूसहित १९ जना

78
  •  
  •  
  •  

nigeria-aatack-killed-19काठमाडौ, २७ पुस(एजेन्सी) : नाइजेरियाको पूर्वी क्षेत्रमा भएको एक आत्मघाती हमलामा कम्तिमा १९ जनाको ज्यान गएको छ । त्यहाँका प्रहरीका अनुसार देशको पूर्वी क्षेत्र मैदुगुरीमा उक्त आत्मघाती हमला भएको हो ।

समाचारहरुमा जनाइए अनुसार १० वर्षकी बालिकाको शरिरमा बम लगाइएको थियो । बोर्नो राज्यको राजधानीको व्यस्त मण्डे मार्केटमा स्थानीय समयानुसार दिउँसो १२:४० बजेतिर उक्त हमला भएको थियो ।

यो बजारमा गत वर्ष पनि महिला हमलाकारीद्धारा एक हप्तामा दुई पटक बम हमला गरिएको थियो । हमलामा अहिलेसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएका छैनन् । तर, यहाँको इस्लामिक संगठन बोको हरामले गराएको हुन सक्ने आशंका गरिएको छ ।

यसभन्दा पहिला पनि उत्त पूर्वी नाइजेरिया र मैदुगुरीमा बोको हरामले यस्तै खालको हमला गराएको थियो । पछिल्लो हप्ता बोको हरामले बागा शहर र त्यस नजिकका क्षेत्रमा कब्जा गरेपछि हजारौ मानिस घर छाड्न बाध्य भएका थिए । यसमा सयौ मानिस मारिएको अनुमान पनि गरिएको छ ।


  •  
  •  
  •