७२ वर्षीय हजुरबुवाद्वारा आत्महत्या

332
  •  
  •  
  •  

बनेपा, १० भदौ । काभ्रेपलाञ्चोक जिल्लामा ७२ वर्षीय एक वृद्धले आज विष सेवन गरेर आत्महत्या गरेका छन् । पनौती नगरपालिका वडा नं २ सुब्बा गाउँ निवासी इन्द्रबहादुर कार्कीले विष सेवन गरी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

आत्महत्या गर्नुको कारण खुल्न नसके पनि बलात्कार प्रकरणमा उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । ‘हजुरबुबाबाट समेत आफूमाथि पटकपटक बलात्कार भएको उजुरी परेको छ, त्यसैले हामी अनुसन्धानको प्रक्रियामा छाँै, काभ्रेका प्रहरी उपरीक्षक अरुण बिसीले भने ।

सो प्रकरणमा पीडितको बुबालाई प्रहरीले पक्राउ गरिसकेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय काभ्रेमाा बलात्कारको शिकार भएकी युवतीले आफूमाथि हजुरबुबाबाट समेत बलात्कार गरेको उजुरी दिएकी थिइन् ।
यसैबीच काभ्रे उग्रतारा गाविस– १ मा पनौती¬–११ निवासी राधिका घिमिरे मृत अवस्थामा फेला परेकी छिन् । अन्तर्जातीय प्रेम विवाह गरेकी घिमिरेलाई उनका श्रीमान्ले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनको घाँटीमा नीलडाम रहेको छ ।

अन्तर्जातीय प्रेम विवाह गरेकी घिमिरेसँग सिन्धुलीका २९ वर्षीय नवराज रिजाल (विक)ले ब्राह्माण भनेर ढाँटेर विवाह गरेको र विवाह भएदेखि उनीहरुबीच झगडा हुँदै आएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक प्रल्हाद कर्कीले जानकारी दिए ।
उनका श्रीमान् नवराज फरार भएका छन् र उनको खोजी भइरहेको छ । उनको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ


  •  
  •  
  •