संविधानको मस्यौदामा राष्ट्रपतिको सुझाव तयार, दिन मिल्ने नमिल्नेमा अन्यौल

80
  •  
  •  
  •  

ram baranकाठमाडौ, ६ साउन(ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले संविधानको मस्यौदा दिन ठीक पारेको सुझाव अन्तिम समयमा रोकेका छन् । राष्ट्रपतिको भित्री समुह र सल्लाहकारहरुसँगको छलफलपछि सुझाव दिन मिल्छ वा मिल्दैन ? भन्ने निचोड ननिस्केपछि सुझाव रोकिएको छ । तर, अझै पनि दिन हुन्न भन्ने निष्कर्ष भने निस्किएको छैन ।

राष्ट्रपति कार्यालय शीतल निवास स्रोतका अनुसार सार्वभौत सत्ता, राष्ट्रपतिको अधिकार, क्षेत्र लगायतका विषय समटेर लिखित सुझाव तयार गरिएको छ । राष्ट्रपति आफै संविधानको संरक्षक भएकाले सुझाव कसलाई दिने भन्नेमा पनि अन्यौल रहेको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दिनुपर्ने विषयमा एकथरीको मत रहेपनि केहीले राष्ट्रपतिको हैसियतमा दिन नहुने तर्कगरेपछि रोकिएको स्रोतले जनाएको छ ।

राष्ट्रपतिका कानुनी सल्लाहकार ललित बस्नेतले पनि सल्लाह दिने की नदिने विषयमा छलफल भएको बताए । उनले अहिले पनि टुङ्गो भने लागि नसकेको बताए । ‘राष्ट्रपतिसँग पनि केही आफ्ना भनाईहरु छन् ती विषयमा सल्लाह दिने विषयमा सुरुमा छलफल भएको हो’ उनले भने, ‘तर अहिले छलफलकै क्रममा रहेकाले सल्लाह दिइएको छैन ।’ स्रोतका अनुसार प्रमुख दलका शीर्ष नेताहरुलाईलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाएर आफुले तयार गरेका भनाई भन्नेमा राष्ट्रपति कार्यालय पुगेको छ ।

राष्ट्रपतिको अधिकार, नयाँ राष्ट्रपति चयन, नागरिकता, सार्वभौम सत्ता लगायतका विषयमा बुँदागत सुझाव तयार गरिएको छ ।


  •  
  •  
  •