महोत्तरीमा २ लाख क्वीन्टलले बढ्यो उखु उत्पादन

402
  •  
  •  
  •  

Sugarcaneमहोत्तरी,६ मंसिर (ओएनएस): महोत्तरीमा यस बर्ष उखुको उत्पादन २ लाख क्वीन्टलले बढेको छ ।

गतबर्ष ३० लाख क्वीन्टल उखु उत्पादन भएकोमा यस बर्ष ३२ लाख क्वीन्टल उखु उत्पादन भएको हो ।

समयमै बर्षा भएकाले यस बर्ष उत्पादन भएको रामनगरस्थित एभरेष्ट चिनीमिलका महाप्रबन्धक युगल किशोर चौरासियाले बताए ।

उनका अनुसार रामनगर, गौशाला, भरतपुर, बर्दिबास, किसाननगर, बेलगाछी, फुलकाहालगायत गाविसमा किसानहरुले खेतमा लगाएको १६ हजार विगाहाको उखु तयारी अवस्था रहेको छ । किसानहरुले ६० प्रतिशतमा खुट्टी तथा अन्य जग्गामा मोरहन जातिको उखु बाली लगाएका छन् ।

यसैबीच किसानहरुले गतबर्षको बाँकि प्रतिक्वीन्टलको ७६ रुपैया पाउनुपर्ने माग राख्दै चिनीमिलको मूलगेटमा धर्ना दिएका छन् ।

गत बर्ष प्रतिक्वीन्टल ४ सय ७६ रुपैया कायम भएपनि किसानको ७६ रुपैया बाँकि राखिएको थियो । गत बर्ष चिनीमिलले सर्लाही जिल्लाबाट समेत उखु खरिद गरि ५८ लाख क्वीन्टल उखु खरिद गरेको थियो ।

महोत्तरीको रामनगर गाविसमा २०५० सालमा एभरेष्ट चिनीमिल खुलेपछि यस क्षेत्रका किसानको जीवनस्तरमा सुधार आएको देखिन्छ ।


  •  
  •  
  •