
स्वच्छ मुटुको न्यानो संगम हो यो
स्वच्छ हृदयको प्रगाढ बन्धन हो यो ।
कहिले न छुटिने,न त कहिले मेटिने
सधैँभरि रहिरहने पवित्र सम्बन्ध हो यो ।।
बडो प्यारा मान्छन्,दाई दिदी,भाईबहिनीको यो पर्वलाई
सधैँ जीवन्त राख्छन् नेपालीहरू आफ्ना यी मर्मलाई ।
बाधिँइ रक्षाकवच रमाउनुहुन्छ आपसमा प्रिय आफन्तसँग
मंगलमय होस् सधैँ ,यही कामना गर्नुहुन्छ आफ्ना भगवान् सँग ।।
हिन्दु धर्मावलम्बीले मनाइने निकै राम्रा दिन हो यो
दिदीबहिनीले विभिन्न उपहार ग्रहण गर्ने मायामय क्षण हो यो ।
खुशीयाली नै खुशीयाली,हामी नेपालीको घर आँगनमा
पुष्पझैँ फुलिरहन्छौँ,एकअर्काका सुन्दर मुटुको प्राङ्गणमा।।
निश्चय गर्नुहुन्छ सबै कुरा,देवले अम्बरबाटै
आत्मीय नाताको रूप दिई,जोड्नुपर्छ मानवले पृथ्वीबाटैं।
तब पूरा हुन्छन् उहाँहरूले बोकेका ती चाहनाहरू,
जब गर्छाैं हामी सम्बन्ध रक्षाका निम्ति ठूला सामनाहरू।।
सुदिप वि. क
लमजुङ बेसिशहर-११