त्यो दिन म सम्झने छु…

329
  •  
  •  
  •  

पक्कै पनि म त्यो दिन सम्झने छु
जुन दिन मेरो पनि विमान चड्ने दिन आउँछ
त्यो बेला म सम्झने छु अवश्य पनि
बालपनमा स्कुल जाँदा मलाई कुरी बस्ने साथीहरु
म रुदै गर्दा आमा बा ले स्कुलसम्म छाडेका दिनहरु

त्यो दिन म सम्झने छु
जुन समय म पढ्ने गर्थे
जुन समय एक अमुल्य समय थियो
केहि चिन्ता नगरी
मलाई व्यवहारिक एवम् कर्तव्य
सिकाउनु हूने सम्पूर्ण गुरुहरुलाई
बीचमा छुटेका जोडिएका साथीहरुलाई पनि

म त्यो दिन अवश्य सम्झने छु
काका, काकी, बाजे,बज्यै, दाई, दिदी
भाई, बहिनी भन्दै गाँसिएको सम्बन्ध
उमेर जिम्मेवारी बढेसँगै
आइपरेको समस्या मा दिनु भएको साथ
विभिन्न खण्डमा लगाउनु भएको गुण

म सम्झने छु त्यो दिन
पक्कै पनि म सम्झने छु त्यो दिन
जुन दिन झुटा आश्वासन दिएर
जितेका त्यी भ्रस्ट नेतालाई
जुन दिन आफ्नालाई बचाउन
न्याय मार्ने अपराधीहरुलाई
शान्ति भनि चिनिने मेरो देश
रणभूमी बनाउने त्यी द्रुष्टहरुलाई

त्यो दिन अवश्य पनि सम्झने छु
जुन दिन आफ्नो देश बचाउन
आफ्नो प्राण दिने त्यी महान शहीददहरुलाई

म सम्झने छु त्यो दिन
म विमान चढेको हुनेछु
शुभ यात्रा लेखिएको शब्दहरु
आँखामा आउने छन् मेरा
बिहान छ बजे कोचिङ्ग पढ्न स्कुल छाड्ने मेरा बा
त्यो रातको बाह्र बजे विमानमा छाड्न आएको पल
विगत र वर्तमानका दिन
म सम्झने छु त्यो दिन

✍️सुदिप वि. क

लमजुङ बेसिशहर ११


  •  
  •  
  •