शोकमा छ सिङ्गो देश

220
  •  
  •  
  •  

तर्साउँछ घरिघरि,मध्यरातमा भाग्ने गरायो
निद्रा छैन त्रासले,रातैभरी जाग्ने गरायो

किन होला विपत्ति नि फर्कि-फर्कि आउँछ
घरबास सारा उठाएर ,सडकमा माग्ने गरायो ।

हिलोमैलो हराएर निलो, गगन खुलेको बेला
सुनौला ति धानका बाला,खेतभरी झुलेको बेला

किन लुटिस् दैब तैँले जाजरकोटको हर्ष खुशी उमंग सबै
मखमली र सयपत्री घर आँगनमा फुलेको बेला ।

हाहाकारमा छ जाजरकोट मन टुटेको छ यतिबेला
दुखेका छन् नेपाली दैवले खुशी लुटेको छ यतिबेला

भूकम्पले गाउँ बस्ती चलायो धेरैको जीवन नाश गरायो
शोकमा छ सिङ्गो देश गहमा आँसु जुटेको छ यतिबेला

सुदिप वि.क
बेसिशहर ११ चिति लमजुङ


  •  
  •  
  •