ब्यवसायी सुधिर बस्नेत पक्राउ

329
  •  
  •  
  •  

काठमाडौं, २० चैत(ओएनएस) : घरजग्गा ब्यवसायी सुधिर बस्नेत पक्राउ परेका छन्। सरकारले गठन गरेको छानबिन समितिको निर्देशनपछि बस्नेतलाई बुधबार साँझ उनकै घरबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बस्नेतलाई भिमसेनगोलास्थित घरबाट पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बस्नेतलाई केही समयअघि पक्राउ गरेको बताए ।

समस्याग्रस्त सहकारी समितीको प्रतिवेदनका आधारमा १४ करोड ठगी गरेको प्रतिवेदन सरकारले बुझाएपछि कारबाही शरू भएको एसएसपी लामाले बताए। उनका अनुसार बस्नेतलाई सहकारी ठगी र संगठित अपराधमा कारबाही अघि बढ्नेछ।

संगठित अपराध निवारण ऐन अनुसार कारबाहीका लागि कम्तीमा दुई र सो भन्दा बढिको संलग्नतामा अपराध भएको हुनुपर्छ। सहकारी ठगीमा सुधिरका सहयोगी समेत प्रहरी खोजीमा रहेको परिसरले जनाएको छ।


  •  
  •  
  •