काठमाडौ, १५ मंसिर(ओएनएस) : सुदुरपश्चिम महोत्सवको तयारी पुरा भएको छ । आगामी मंसिर २२ गते देखि आयोजना हुने भएको छ ।
नेपाल मुख्य प्रवद्र्वक नेपाल उद्योग वाणिज्य महासंघ र व्यवापार तथा निकासी प्रवद्र्वन केन्द्र रहेका छन् । महोत्सवमा करिव ५९ लाख खर्च हुने तथा महोत्सव अवधिभर करिव २५ करोड रुपेयाँ बराबरको कारोवार हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
दिगो शान्तिका लागि आर्थिक समृद्वि नाराका साथ आयोजना हुन लागेको महोत्सवमा २ सय ५० स्टल रहने छ । त्यसमध्ये १ सय ७० व्यापारिक,३१ कृषि स्टल रहने आयोजकले जानकारी दिएको छ । महोत्सवले स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन नीति ल्याएको बताइएको छ ।
महोत्सवमा करिव ७ लाख व्यक्तिले अवलोकन गर्ने आयोजको अनुमान छ । संघले २०६३ देखि यस्तो महोत्सव आयोजना गर्दै आएको छ । प्रत्येक कर्ष एउटै समयमा मनाइने भएकोले स्थानीय जनताले महोत्सवलाई चाडका रुपमा मनाउने गरेको निवर्तमान अध्यक्ष दिनेश राज भण्डारीले बताए । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने बताइएको छ ।