भारतलाई जिते यु-१९ टोलीलाई डा. केसीले आजीवन निशुल्क उपचार गर्ने

636
  •  
  •  
  •  

sudhamshu kcकाठमाडौँ, १७ माघ(ओएनएस) : चिकित्सक सुधांशु केसीले बंगलादेशमा जारी यु-१९ विश्वकपको समूह चरणको अन्तिम खेलमा भारतीय टोलीलाई पराजित गरे नेपाली टोलीलाई आजीवन निःशुल्क उपचार गर्ने घोषणा गरेका छन् । डा. केसीले ट्वीटरमा ट्वीट गर्दै आफ्नो क्लिनिकमा यु-१९ नेपाली टोलीलाई आजीवन उपचार गर्ने घोषणा गरेका छन् ।

उनले बंगलादेशमा भइरहेको खेलमा राम्रो प्रदर्शन गर्दै आएको अवस्थामा नेपाली टोलीले भारतलाई राम्रो चुनौती दिने सम्भावना देखिन्छ ।

आयरल्याण्ड र न्युजिल्याण्डलाई पराजित गरेको नेपाली टोलीले सोमबार भारतसँग खेल्दैछ । भारत यस प्रतियोगिताको दावेदार टोली हो ।

चिकित्सकको उक्त ट्वीटमा समर्थन तथा विरोधका प्रतिक्रियाहरू पनि दिइएको छ । ट्वीटमा केहीले यसलाई सस्तो लोकप्रियताको लागि गरिएको पब्लिसिटी भनेका छन् भने कतिले यसैलाई हेरेर आफूले सक्दो तरिकाले सहयोग गर्न आग्रह गरेका छन् ।

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •