‘यातनामुक्त हिरासत’का लागि आयोग प्रयत्नशील

140
  •  
  •  
  •  

sudip-pathakकाठमाडौं, २५ कात्तिक (ओएनएस) :  राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले ‘यातनामुक्त हिरासत’ को अवधारणालाई मूर्त रूप दिन आयोग प्रयत्नशील रहेको बताएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयद्वारा राजधानीमा मङ्गलबार आयोजित ‘यातनामुक्त हिरासत’ सम्बन्धी प्रशिक्षण कार्यक्रमका सदस्य पाठकले हिरासतमा हुने यातनाले थुनुवाले सम्मानित ढङ्गले जीवनयापन गर्न पाउने अधिकार हनन हुने भएकोले यस दिशामा सरोकारवाला पक्षहरू सम्वेदनशील हुनुपर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा महानगरीय प्रहरी आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मालगायत उपत्यकामा कार्यरत उच्चपदस्थ प्रहरी अधिकृतहरूको सहभागिता थियो ।


  •  
  •  
  •