सुडान घोटालाका फरार ठेकेदार पक्राउ

259
  •  
  •  
  •  

काठमाडौं । सुडान घोटालाका फरार ठेकेदार शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ ।  उनलाई शुक्रबार बिहान उनकै निवासबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को टोलीले पक्राउ गरेको हो ।

सर्वोच्च अदाललते दुई हजार ७४ वैशाखमा भारतीलाई घोटालामा दोषी ठहर गर्दै चौध करोड जरीवाना र एक वर्षको कैद सजाय सुनाएको थियो । सामान खरिदको ठेकेदार अस्योर्ड रिक्स लिमिटेडका नेपाल प्रतिनिधि भारती फैसलापछि फरार थिए ।

सुडानको डार्फरस्थित मिसनमा खटिएको प्रहरीलाई बख्तरबन्दका सामान पठाउँदा अनियमितता गरेको आरोपमा सर्वोच्चले सात जनालाई कैद तथा जरिवानाको फैसला सुनाएको थियो ।

तिमध्ये पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी, ओमविक्रम राणा र हेमबहादुर गुरुङले यसअघि नै आत्मसमर्पण गरिसकेका छन् ।


  •  
  •  
  •