सुडानमा सेनाले सैनिक ‘कु’ गरेको विरोधमा प्रदर्शन

539
  •  
  •  
  •  

एजेन्सी : सुडानमा सेनाले सैनिक ‘कु’ गरेको विरोधमा प्रदर्शन भैरहेको छ ।
राजधानी खार्तुममा हजारौँ नागरिक सैनिक ‘कु’ पछि लगाइएको कफ्र्युको उल्लंघन गर्दै विरोधमा उत्रिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

चार महिना लामो आन्दोलनपछि सेनाले राष्ट्रपति ओमार अल बाशीरलाई बिहीबार राति पदमुक्त गरिएको घोषणा गरेको हो ।

तर प्रदर्शनकारीले सेना परिषद् एउटै शासक भएको भन्दै विरोध गरेका हुन् ।
संयुक्त राष्ट्रसंघ र अफ्रिकन युनियनले भने दुवै पक्षलाई शान्त रहन अपील गरेको छ ।
बीबीसीका अनुसार सुडानमा नयाँ सैन्य परिषद्ले लगाएको कफ्र्यूको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी राजधानी खार्तुमको सडकमा बसिरहेका छन्।

बीबीसी विश्व सेवाका अफ्रिका सम्पादक विल रोस भन्छन्, सुरक्षा फौजका विभिन्न निकाय र मिलिसियाले नै आफ्ना बन्दुक एकअर्कातर्फ तेस्र्याउलान् भन्ने चाहिँ साँच्चैको खतरा हो ।

संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघ दुवैले संयमित हुन आह्वान गरेका छन्।् ।
सरकारी सञ्चारमाध्यमले देखाएको एउटा आधिकारिक विज्ञप्तिमा कफ्र्यू स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म लागु हुनेछ ।

यस्तै आफ्नो सुरक्षाका लागि त्यसैअनुसार कदम चाल्न नागरिकहरूलाई सुझाइएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘सशस्त्र फौज र सुरक्षा परिषद्ले शान्ति र सुरक्षा कायम गर्न र नागरिकको रोजीरोटीको संरक्षणको ख्याल गर्न आफ्नो कर्तव्य निर्वाह गर्नेछ ।’

खार्तुमका सडकमा मानिसहरूको भीडले झण्डा फहराउँदै फेरि सत्ता छाड्न ठूलो ठूलो स्वरमा नारा लगाइरहेका छन्।


  •  
  •  
  •