फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या

109
  •  
  •  
  •  

दाङ । दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा आत्महत्या गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार राति १ बजेर २५ मिनेटमा प्रहरीलाई जानकारी आएको थियो । उनले भने, ‘घर पत्ता लगाउन मुस्किल पर्‍यो, अबेर उनको घरमा पुग्दा उनको मृत्यु भैसकेको थियो । ‘उनी माइतीमा बस्दै आएकी थिइन् । बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।
घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।


  •  
  •  
  •