एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या

83
  •  
  •  
  •  

इलाम, २३ भदौ (ओएनएस) : एसएलसीको पूरक परीक्षामा अनुत्र्तीण भएपछि इलाममा एक छात्राले गएराति आत्महत्या गरेकी छिन् । सामाजिक र गणित विषयको परीक्षा दिएकी इलाम नगरपालिका–९ की १९ वर्षीया लक्ष्मी कटुवालले नतिजा आउने बित्तिकै घरको निदालमा सलको पासो लगाएर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कुन विषयको नतिजा बिग्रियो भन्ने अभिभावकलाई थाहा छैन । नतिजा हेरेपछि आइतबार राति ८ बजेर २० बजे छात्राले आत्महत्या गरेकी हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।


  •  
  •  
  •