श्रीमानसँग झगडा भएपछि आत्महत्याको प्रयास

124
  •  
  •  
  •  

मोहत्तरी, २६ भदौ : महोत्तरीको सहसौला गाविसमा पतिसँगको झगडामा मट्टीतेल छर्केर आत्महत्याको प्रयास गर्दा एक महिलाको आधा शरीर जलेको छ । सहसौला गाविस–६ बस्ने जयकिशोर महराकी २३ वर्षीया पत्नी सुशीलादेवी महराले जीउमा आगो लगाएर आत्महत्याको प्रयास गर्दा निजको शरीरको धेरैजसो भाग नराम्ररी जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति घरायसी कुरालाई लिएर पतिसँग विवाद हुँदा सुशीलाले घरका सबैजना सुतेपछि आत्महत्याको प्रयास गरेकी थिइन् ।

उनले शरीरमा आगो लगाएको थाहा पाउने बित्तिकै रातिनै उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको परिवारजनले जनाएका छन् ।


  •  
  •  
  •