काठमाडौं, नेपालमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा नोवेल शान्ति पुरस्कार विजेता आङसा सुकी शनिबार संविधानसभा भवनमा पुगिन् ।
विश्वकै प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निभाएर ‘रोलमोडल’को रुपमा स्थापित सुचीलाई आँखै अगा अगाडि देख्न पाउनु र धारणा तथा भोगाइहरु सुन्न पाउनु ‘अवसर’ जस्तै थियो ।
तर सभासदले उनको सम्बोधनलाई खोई कति ख्याल गरे, प्राय सभासदको ध्यान फोटो खिच्नमै देखिन्थ्यो । सभासदहरु आफ्नो मोवाइल, क्यामरा निकालेर तस्वीर खिच्नमा व्यस्त/मस्त थिए ।
तस्वीर : अशोक केडी