काठमाडौं, जेठ ३१ – काठमाडौं म्यानमारको सैनिक शासकले २०६७ कात्तिक २७ गते प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई नजरबन्दमुक्त घोषणा गर्यो ।
कूटनीतिक र भिक्षुहरुसँग भेट्ने अनुमति पनि दियो । म्यानमारस्थित नेपाली दूतावासले सुचीलाई भेट्न अनुमति माग्यो । नेपालको सन्देश लिएर भेट्न जाने भए, म्यानमारका लागि तत्कालिन कार्यवाह राजदूत कृषु सुवेदी । भेटघाटमा चाँजो मिल्ने वित्तिकै उनको गाडी ट्रेस हुन थाल्यो । भेटन् जाँउ की नजाउ, दुविधा गराए ।
साढे तीन वर्ष अघिको घटना संझदै सुवेदीले नागरिक दैनिकसँग भने यही दुविधामा २०६७ पुष २७ गत म इन्या लेक आडमा रहेको सुचीको घर पुगेँ । सुची १५ वर्षसम्म नजरबन्दमा त्यही घरमा थिइन । नजरबन्दमुक्त घोषणापछि उनलाई भेट्ने सुवेदी पाचौं विदेशी कुटनीतिज्ञ थिए ।
नमस्कार घरको ढोकामा हात जोडेर सुचीले स्वागत गरिन् ।
नेपाली शब्द उच्चारण गरेर स्वागत गरेपछि म त्यसै गदगद भए सुवेदीले संझे ।
नेपाललाई कसरी संझनुहुन्छ र? सुचीसँग उनले जिज्ञासा राखे । सुचीले मुस्कुराउँदै भनिन् नेपाल मेरो दोस्रो घर हो ।
किन ?
मेरो र श्रीमान एरिसको अन्तिम भेट नेपालमा भएको थियो ।
नेपालबाट छुटेपछि हाम्रो भेट हुन सकेको छैन् उनले भनिन । माइकल एरिस बेलायतको अक्सफोर्ड विश्वद्यिालयका प्राध्यापक थिए । सुची त्यही अध्ययन गर्न गएकी थिइन । त्यहीबेला सुची र एरिसबीच भेट भयो, प्रेम झांगियो र विहे भयो।
एरिस विभिन्न विषयमा अनुसन्धान गर्न नेपाल आइरहन्थे । सुची पनि आमा खिनसँग नेपाल आइन । तत्कालिन राजा वीरेन्द्रसँग उनले भेट्ने मौका पाइन् ।
सन १९८५ मा एरिससँग नेपाल आउँदा उनी ६ महिनासम्म निरन्त्र काठमाडोंमा बसिन ।
कीर्तिपुरमा बस्थिन उनी । नगलस्थित धर्मकीर्ति विहारमा बौद्ध शिक्षा लिन जान्थिन् । एरिससँग तीन पटक नेपाल आएपछि सुची म्यानमार फर्किइन । एरिस छोरालाई लिएर बेलायत गए । त्यसपछि सन १९८८ मा म्यानमार सैनिक शासकविरुद्ध आन्द्योलन चर्कियो ।
त्यसको नेतृत्व सुचीले गरिन । सन १९९९ मा एरिसको मृत्यु भयाृ । सुची सन २०१० सम्म पटक पटक गरी १५ वर्षसम्म नजरबन्दमा परिन् ।