काठमाडौं २ असार (ओएनएस) : नेपालको चारदिने भ्रमण पूरा गरी बर्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सुची आज स्वदेश फर्किंदैछन् । नेपाल भ्रमण उपलब्धि रहेको भन्दै सूचीले नेपालको मायाले खुसी बनाएको बताएकी छन् । आज स्वदेश फर्कनुअघि उनी आफु ४० वर्षअघि नेपालमा रहँदा दिक्षा लिएको काठमाडौ नगालमा रहेको धर्मकीर्ति बिहारमा जाने कार्यक्रम छ ।
सु चीलाई आइतबार नागरिक अभिनन्दन गरिएको थियो । यस्तै सरकारका तर्फबाट डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट पनि उहाँलाई सम्मान गरिएको छ । नेपाल भ्रमणमा रहँदा उहाँले राष्ट्रपति, प्रधानमन्त्री लगायत बिभिन्न राजनीतिक दलका नेता तथा सभासदहरुसँग भेटवार्ता गरेकी थिइन ।
प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तराष्ट्रिय सम्मेलन भाग लिन नेपाल आएकी सूचीले हिजो लुम्बिनकिो भ्रमण पनि गरेकी छन् ।