सूचनाको हकसम्बन्धि कानून परिमार्जन गर्न आग्रह

361
  •  
  •  
  •  

काठमाडौं, १३ चैत(ओएनएस) : सभामुख कृष्णबहादुर महराले पर्याप्त छलफलपछि मात्रै कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘सूचनाको हकको राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै उनले सूचनाको हकसम्बन्धि कानून परिमार्जन गर्न समेत सरकारलाई आग्रह गरे ।

उनले सूचनाको हकसँग सम्बन्धित कानून परिमार्जनका लागि आफूले संघीय संसदमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त जनाए ।

संस्थाहरु पारदर्शी नहुँदासम्म सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनको कामलाई विशेष ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको सभामुख महराको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सबै निकायलाई पटक–पटक सचेत गराइएको बताए ।

सूचना आयोगले सूचनाको हक सबै नागरिकले पाउनुपर्ने मान्यताका आधारमा सबै मन्त्रालय, विभाग, आयोगलगायतका संवैधानिक निकायमा समेत सूचना अधिकारी तोक्ने व्यवस्था गरिएको उनको भनाइ छ ।


  •  
  •  
  •