प्रदेश नं-१ को मुख्यमन्त्री भोजपुरले पाउँछ: नेम्बाङ

190
  •  
  •  
  •  

काठमाडौं,२३ पुस (ओएनएस): नेकपा एमालेका नेता पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले भोजपुरले मुख्य मन्त्री पाउने बताएका छन् ।

वाम गठबन्धन भोजपुर–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको ‘बधाई तथा शुभकामना कार्यक्रम’मा बोल्दै नेता नेम्बाङले प्रदेश नं.—१ को मुख्य मन्त्री भोजपुरले नै पाउने बताएका हुन् ।  ‘भोजपुरले प्रदेश नंं १ को नेतृत्व पाउँछ, यसमा इलामको दाबी नभएकाे बताए ।  ‘भोजपुरले मुख्य मन्त्री पाउनु पर्छ भन्नेमा अाफ्नाे समर्थन र शुभेच्छा रहेकाे पनि बताएका छन् ।’

जनताको मतलाई दराजमा थन्क्याएर नराख्न निर्वाचन आयोगलाई चेतावनी दिदै  आफूहरूलाई सत्तामा जान कुनै हतारो नभएको तर जनादेशलाई दराजमा थन्क्याउने काम भएकाले विदेशी सामु देशको छवि बिग्रिएको बताए । देउवा सरकारले सत्ता नछाडेको फाइदा वाम गठबन्धलाई भइरहेको बताउँदै ‘राष्ट्रियसभा निर्वाचन र सरकार गठनको कानुनी साइनो–सम्बन्ध नै नभएको बेला अनेक बहानाबाजीमा सरकारले निर्वाचन आयोगलाई समेत प्रभावमा पारेर आयु लम्ब्याउने षड्यन्त्र गरिरहेको बताएका छन् ।

कार्यक्रममा भोजपुर प्रदेश (क) बाट निर्वाचित सांसद तथा एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, प्रतिनिधिसभाका सांसद माओवादी केन्द्रका सुदन किराती,पूर्व सञ्चारमन्त्री, एमाले पोलिटब्युरोे सदस्य शेरधन राई लगाएतले मनतव्य राखेका थिए ।


  •  
  •  
  •