संवाद समितिबाट प्रश्नावली पठाउन सभाध्यक्षले प्रस्ताव गर्ने

165
  •  
  •  
  •  

subash-nembang_baburamकाठमडौं,  ८ चैत (ओएनएस) :  संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईबीच आज दिउँसो छलफल हुने भएको छ ।

संविधान निर्माण प्रक्रियाको गतिरोध अन्त्यको लागि सभाध्यक्ष र भट्टराईबीच छलफल हुन लागेको हो ।

सभाध्यक्ष नेम्बाङले छलफलमा संविधान निर्माणको जारी प्रक्रियालाई संवाद समितिबाट पठाउने प्रस्ताव गर्ने स्रोतले जनाएको छ ।

संवाद समितिका सभापति भट्टराईले पनि अहिलेको प्रक्रिया संवाद समितिबाट पठाउनुपर्ने बताउँदै आएका छन् । एमाओवादी नेतृत्वको विक्षपी मोचाले संविधानको जारी प्रक्रिया रोक्नु पर्ने माग गरिरहेको बेला सभाध्यक्षले सहमतिको लागि नयाँ प्रस्ताव अघि सार्न लागेका हुन् ।

गत माघ ११ गते सभाध्यक्षले प्रश्नावली निर्माण समिति गठन गरेपछि एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधानसभाको बैठक बहिष्कार गर्दै आएको छ ।

मोर्चाले प्रश्नवाली निर्माण समितिको बैठकमा समेत लिएको थिएन । समितिको प्रस्तावमाथि संविधानसभामा समेत छलफल हुन नसकेको बेला संवाद समितिबाट फेरि प्रश्वाली पठाउन सभाध्यक्षले पहल सुरु गरेका हुन् ।


  •  
  •  
  •