अन्ततः पर्यटन बोर्डका कार्यकारी अधिकृत निरौलालाई कारवाही !

192
  •  
  •  
  •  

काठमाडौं ५ कात्तिक (ओएनएस) :  नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलालाई संसदीय समितिले कारवाही गर्न निर्देशन दिने भएको छ । निरौलाले बोडएमा भ्रष्टाचार गरेको छानविन बाट प्रमाणित भएको भन्दै समितिको आजको बैठकले कारवाही गर्न निर्देशन दिन लागेको हो । निरौलाले बोर्डको आर्थिक आम्दानी, खर्च तथा उजुरी, पदयात्रा सूचना प्रणाली को व्यवस्थापन तथा नेपाल पर्वतारोहण संघको रोयल्टी समेतका सम्बन्धमा छानविन तथा सुझाव दिन गठित नेपाल पर्यटन बोर्ड छानविन समितिले दिएको प्रतिवेदनमा विभिन्न मितिमा ह्विस्की, वाईन जस्ता मादक पदार्थ खरिद गरिएको पाइएको उल्लेख गरेको छ ।

यसैगरी बोर्डमा नीतिगत सँगै विचलन भएको छानविन प्रतिवेदनले देखाएको छ । नेपाली कांग्रेसका सभासदहरुले कारवाही रोक्न खोजेपनि एमाले र एमाओवादीका सभासदहरुले आज बहुमतका आधारमा भएपनि कारवाही गर्ने तयारी गरेको एक सदस्यले बताए । बैठक बिहान ११ बजे बोलाइएको छ ।


  •  
  •  
  •  

Comments are closed.