सहमतिबिना संविधान आउछ भन्नु ‘कुरा गर्ने मेलो’ मात्र : सभाध्यक्ष

96
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौ, १ माघ (ओएनएस) संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले अहिले पनि माघ ८ गते संविधान जारी गर्न सकिने दाबी गरेका छन् । अध्यक्ष नेम्वाङ्गले त्यसको लागि छोटो समयमा मस्यौदा लेख्ने र प्रक्रियामा अघि बढ्ने विषयमा दलहरुले सहमति गर्नुपर्ने बताए ।

माघ ८ मै संविधान जारी गर्न दवाबदिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले बिहीबारबाट सुरु गरेको अभियानको क्रममा नेम्वाङ्गले भने –‘माघ ८ मै संविधानल्याउनदलहरुले मस्यौदा लेखन र प्रक्रियामाजाने विषयमा सहमति गर्नुपर्छ । त्यसको लागि नियम निलम्बन गर्नुपर्छ । होईन भने माघ ८ मा संविधान जारी गर्ने कुरा कामनाबाहेक केही हुँदैन ।’

उनले दलहरुले तत्काल सहमति गर्न नसके संविधानसभाबाट नियमावलीको प्रक्रियाअनुसार अघि बढ्ने स्पष्ट पारेका छन । सभाध्यक्षले नियमावलीको प्रक्रियाबाट अघि बढे माघ ८ गते संविधान नआएपनि केही समयपछि भने संविधान आउन सक्ने बताए ।

आफूले अपजस बोक्न तयार छु भन्दा पनि दलहरुले हामी आफै गर्ने बताएपछि संबाद नगरेको गुनासो गर्दै न्यायप्रणालीमा सहमति भईसके पनि प्याकेज सहमतिको नाममा त्यसलाई पनि अल्झाएर राखेको बताए ।

उनले दलहरुले दुई घण्टामै सहमति गर्न सकिन्छ भनेर भन्ने गरेकोले दलहरु विवादित विषयहरुमा सहमतिको नजिक पुगेको दाबी गरे ।

उनले भने– ‘दलहरु खासगरी विवादित भनिएका चारै वटा विषयमा करिव–करिव सहमतिको नजिक पुगिसकेका छन्, उहाँहरुबीचमा न्यायप्रणालीमा पूर्णरुपमा सहमति भैसकेको छ तर उहाँहरुले प्याकेजमै सहमति गर्ने भन्दै त्यसलाई विवादित विषयमै राख्नुभएको छ ।’


  •  
  •  
  •